आज वि.सं. २०८० साल जेठ ३२ गते बिहीवारको राशिफल

होस्ट खबर ३२ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

सुर्खेत : आज वि.सं. २०८० साल जेठ ३२ गते बिहीवार, सन् २०२३ जुन १५ तारिख ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- आज धर्म कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च पनि रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनगम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शिक्षामा सफलता पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- आज भाग्यले राम्रै साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म, कर्ममा मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्