मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

होस्ट खबर ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् ।

मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा।चन्द्रमणि अधिकारीले जानकारी दिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्