आज बि.सं. २०८० साल जेठ ३१ गते बुधवारको राशिफल

होस्ट खबर ३१ जेष्ठ २०८०, बुधबार
6 Min Read
Aa

सुर्खेत : २०८० जेठ ३१ गते बुधवार, १४ जुन २०२३ । आषाढ कृष्णपक्ष एकादशी तिथि, १०ः२२ बजेपछि द्वादशी । अश्विनी नक्षत्र, १५ः३० बजेपछि भरणी । चन्द्रराशि– मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउलान् । टाढाका साथीभाइ नजिकिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । आयस्रोत राम्रो हुनाले मनग्य धन सञ्चय हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि मिहिनेत गर्दा पछिका लागि लाभ मिल्नेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
माहोल रमाइलो रहनेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन् । आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला । मौकामा प्रयत्न गर्दा काम बन्नेछ । सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ । आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ । तर खर्च बढ्नेछ । आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ । विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array