कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

होस्ट खबर २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

कालिकोट : कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गए राति बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका गाउँपालिका कार्यालय तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको गाडी शुभकालीका–६ को गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक शुभकालीका–२ का हर्क बि।क, वडा नम्बर ८ का रामबहादुर शाही र दैलेख नौमुलेका गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्