आज बि.सं. २०८० साल जेठ २६ गते शुक्रवारको राशिफल

होस्ट खबर २६ जेष्ठ २०८०, शुक्रबार
6 Min Read
Aa

सुर्खेत : २०८० जेठ २६ गते शुक्रवार, ९ जुन २०२३ । आषाढ कृष्णपक्ष षष्ठी तिथि । धनिष्ठा नक्षत्र । चन्द्रराशि– मकर, १०ः१० बजेपछि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरुषार्थी काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दामष र इनाम दिलाउनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ, केही समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरू जुट्नाले रोकिएका काम भने सम्पादन हुनेछन् । नियमित काम बन्नाले सामान्य फाइदा भइरहनेछ । केही अप्ठ्यारा काम पनि सम्पन्न हुनेछन् । उपचारमा केही खर्च हुने समय छ । सामान्य धनलाभ भए पनि फजुल खर्च बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, द्वन्द्व र मुद्दा–मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिन नसकिएला । आँटेको काममा बाधा हुन सक्छ । हल्लाको पछि लाग्दा दुःखसमेत पाइनेछ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आलोचकहरूले दुःख दिनेछन् । व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला । काम रोकिने सम्भावना देखिएकाले योजना गोप्य राखेर अघि बढ्नुहोला । सद्व्यवहारले समस्या टर्न सक्छ । मिहिनेतले आँटेको काम बन्नेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । काममा केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्