जलहरीमा सुन कि पित्तल विवाद

होस्ट खबर १३ जेष्ठ २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं : पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन्।

यस विवादलाई लिएर शनिबार बिहान प्रधानमन्त्रीसहितका शीर्ष नेताबिच हुने छलफलबाट मात्र टुङ्गो लाग्ने भएको छ। छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन।

जेठ १० गते नीति तथा कार्यक्रमको छलफलमा नेकपा ९माओवादी केन्द्र० का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको आरोप लगाएको दुई दिनपछिको बैठकमा एमालेले विरोध गर्दै रोस्ट्रम नै घेराउ ग¥यो।

एमालेको अवरोधले बैठक दैनिक कार्यसूचीमा प्रवेश गर्न सकेन। शब्द विवादमा नीति तथा कार्यव्रmमको बाँकी छलफल प्रभावित भयो। साथै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका बिथोलियो। दिनभरजसो नै दलका प्रमुख सचेतकहरू छलफलमा जुटिरहे। सांसदहरू बैठक सञ्चालनको आसमा कुरिरहेका थिए भने सचिवालयले बैठक स्थगितको सूचना जारी गरिरह्यो।

शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदले उठेर विरोध जनाएका थिए। सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने, माफी माग्नुपर्ने वा सुन वा जलहरीको तथ्य जाँच हुनुपर्ने माग गर्दै एमालेले विरोध जनाएको थियो।

सभामुख देवराज घिमिरेले विषयबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै आसनग्रहणका लागि आग्रह गरेपनि एमालेले जवाफ चाहेको भन्दै यथास्थानमै उठेर विरोध जनाइरह्यो।

विवाद कायमै रहेपछि सचिवालयले सूचना जारी गरेर बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरेको छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array