कमिसनको चक्करमा गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव

होस्ट खबर १२ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa

कालिकोट : सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ ।

कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारण समयमै चामल पाउनबाट वञ्चित छन् । चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालिकोटमा खाद्यान्नका चरम अभाव भएको हो ।

नेपालगन्ज र बर्दियाबाट समयमै चामल नआउँदा कालिकोटमा खाद्यान्न अभाव भएको छ । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालिकोटको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको हो ।

गएको वर्षभन्दा पछिल्लो वर्ष चामल दोब्बरले बिक्री हुने गरेको कार्यालय प्रमुख कमलराज पाण्डे बताउँछन् । यो वर्ष मात्र जिल्लाभर ९ हजार क्विन्टल चामल बिक्री भएको छ । यो वर्षका लागि १२ हजार क्विन्टल माग गरिएकामा अहिले गोदाममा ३ सय मध्यमखाले अरुवा चामल मात्र छ ।

गोदाम खाली भइसकेको छ भने चामल नेपालगन्जमा पनि छैन । दसैंसम्म पुग्नेगरी ३ हजार ५ सय किवन्टल चामल माग गरिएको प्रमुख पाण्डेले बताए । ‘यदि चामल माग गरेअनुसारको आएन भने अभाव हुने निश्चित छ,’ उनले भने, ‘जिल्लाको पादमघाट, खल्ला र थिर्पुका खाद्य डिपोपनीसमेत रित्तै छन् । जिल्लामै चामल छैन, डिपोमा कसरी हुनुरु गाउँका डिपोका लागि ठेकेदारको लापरबाहीका कारण पनि समय नपुग्ने गरेको हो ।’ राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array