नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै

होस्ट खबर १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका थप दुई मन्त्रीको शपथ आज हुने भएको छ।

मंगलबार वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको हो ।

राष्ट्रपति कार्यालयले बिहान ९:५० मा शपथग्रहणको कार्यक्रम तय भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। पछिल्लो पटकसहित प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११औँ पटक मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array