दैलेख आगलागीमा घाइते एक जनाको निधन

होस्ट खबर २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

दैलेख : जिल्लाको आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा गम्भीर घाइते भएका एकजनालो उपचारका क्रममा निधन भएको छ ।

आठबीस नगरपालिका- ६ राता निवासी भैरे विकको उपचारको क्रममा भेरि अस्पताल नेपालगन्जमा निधन भएको हो ।

बुधबार दिउँसो भएको आगलागीमा ११ जना घाइते भएकोमा चार जनालाई थप उपचारका लागि नेपालगन्ज र अन्य चार जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टर लगिएको छ ।

घाइतेहरू आठबीस–६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाण्डौ पुर्‍याइएको थियो । यस्तै ५५ वर्षीय भैरव विक, ३२ वर्षीय नैनी कामी, ३३ वर्षीय नविन वि।क र २९ वर्षीय प्रजा वि।कको उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा ५५ वर्षीय भैरव विकको निधन भएको अस्पतालले जनाएको छ । अन्यको उपचार भइरहेको छ ।

माथि सडक निर्माणमा लागेका उनीहरू तलबाट आगो दन्किँदै आएपछि केहीवेर निभाउने प्रयास गरेको र निभाउन नसकेर आगो नै शरीरमा आएपछि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घाइतेमध्येका गम्भीर आगलागीमा परेका नौ जनालाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्