कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

होस्ट खबर १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ । उनी आज बेलुका ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उडान तालिका रहेको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् । प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्