काठमाडौं : नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सांसद कोइरीले केही दिनअघि आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए । त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा सांसद कोइरीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए ।
तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो । दोस्रो बैठकमा सभामुख घिमिरेले सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सुनाएका थिए।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्