बारा-२ मा उपेन्द्रको मत नौ हजार नाघ्यो, दुई उमेदवारको अझै शून्य

होस्ट खबर १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । यहाँ कुल ३४ उमेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ ।

उनले नौ हजार ८७० मत पाएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा ९एमाले०का उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार रमेश खरेल एक हजार १७४ मतसहित चौथो स्थानमा छन् । आम जनता पार्टीका उमेदवार अरुणकुमार ज्ञवाली ५८७ मतसहित पाँचौँ स्थानमा छन् ।

नेपाल मजदुर किसान पार्टीका उमेदवार मुक्तिप्रसाद यादव ३३ मतसहित छैटौँ, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अंसारीले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सोनालालप्रसाद सा तेलीले ३०, स्वतन्त्र उमेदवार मुना अंसारीले १६ मत पाएका छन् ।

जारी मतगणनामा दुई स्वतन्त्र उमेदवारले एक मत पनि ल्याएका छैनन् । आयोगको सूचीमा स्वतन्त्र उमेदवारद्वय रामबालक महरा चमार र दिनेशप्रसाद यादवको पक्षमा मत आएको देखिँदैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्