चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता

होस्ट खबर १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४० हजार ६९ मत प्राप्त कटाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५७ मत कटाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत कटाएका छन् । यो क्षेत्रको मतगणना जारी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्