तनहुँ–१: भट्टराई भन्दा वाग्ले दोब्बर मतको अगाडी, तेस्रोमा सर्वेन्द्र

होस्ट खबर ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। १०६३८ मत गणना हुँदा स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७२९३ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा (एमाले)का सर्वेन्द्र खनालले २१३४ मत ल्याएका छन्।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्