झ्याउरे नृत्यका बादशाह नेपालीलाई जनसेवा श्री र प्रज्ञा पुरस्कार

होस्ट खबर १० बैशाख २०८०, आईतवार
2 Min Read
Aa

सुर्खेत : नेपालमा झ्याउरे नृत्यका बादशाह भनेर चिनिने बरिष्ठ नृत्य निर्देशक तथा बागीना समूह सुर्खेतका नृत्य विभाग निर्देशक कुलमान नेपालीलाई २०८० को बैसाख महिनामैं दुई ठुला पुरस्कारबाट सम्मानित गरिएको छ ।

बैसाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जनसेवा श्री पाँचौंले सम्मानित नेपालीलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ समेत प्रदान गरिने भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले बरिष्ठ नृत्य निर्देशक नेपालीलाई लोक नृत्य तर्पmको विधामा पुरस्कार दिने घोषणा गरेको हो । प्रतिष्ठानले आज प्रकाशन गरेको जानकारी अनुसार रंगमञ्च निर्देशक तर्पm भैरव क्षेत्री, लोक नृत्य तर्पm नेपाली, शास्त्रीय तथा परम्परागत सङ्गीत तर्पm विजय कुमार श्रेष्ठ, लोक संङ्गीत गायन तर्पm नविन किशोर राई, नाट्य विधा तर्पm प्रा.डा. रामचन्द्र पोखरेल र सङ्गीत विधामा गणेश रसिकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस अघि बैसाख १ गते नै निर्देशक नेपालीलाई नेपाल सरकारले जनसेवा श्रीबाट सम्मानित गरेको थियो । बज्र योगिनी डान्स एण्ड म्युजिक एकेडेमी काठमाण्डौंले आयोजना गरेको सम्मान कार्यक्रममा उपस्थित नेपालका प्रसिद्ध चलचित्र नृत्य निर्देशक कमल राई, राजु शाह, नृत्य कलाकार संघका प्रमुख दिनेश श्रेष्ठ लगायतले उनलाई झ्याउरे नृत्य सम्राट भनेर सम्मान गरेका थिए । ‘२०३१ सालदेखि नृत्य विधामा प्रवेश गरेको थिएँ र २०३९ देखि लगातार २५ पटक लोक नृत्यमा प्रथम भएँ’, निर्देशक नेपालीले होष्ट खवरलाई भने, ‘राष्ट्रले मेरो कलाकारितालाई सम्मान गरेको छ र म निकै हर्षित छु ।’

कला संस्कृति संरक्षणमा ३ दशक देखि अनवरत लागि परेको संस्था बागीना समूहका नृत्य विभागका बरिष्ठ निर्देशक समेत रहेका नेपालीले यो सम्मान सिङ्गो देश र बागीना समूहको समेत रहेको प्रतिक्रिया दिए ।

बागीनाले आँफुलाई प्लेटफर्म दिएर नै यो स्थानमा आँफु पुग्न सकेको उनले बताए । उनले राजाको दरबार देखि नेपालका दुर्गम बस्ती र कुना कन्दरामा समेत पुगेर सुर्खेतको झ्याउरे नाचलाई पहिचान दिए ।

बाटुली, बन्धकी, गोर्खा पल्टन लगायत सफल चलचित्रमा समेत नृत्य निर्देशन गरेका कुलमान नेपालीको जन्म वि.सं. २०२२ साल असार २६ गते सुर्खेतमा भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्