आज सूर्यग्रहण: नेपालबाट नदेखिने, दोष नलाग्ने र बार्नु पनि नपर्ने

होस्ट खबर ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : आज यस वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।

समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने र बार्नु पनि नपर्ने जनाएको छ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने जनाईएको छ । कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्नेछ ।

आज लाग्ने सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका,अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्