कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै

होस्ट खबर १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले आज दोस्रो पटक विश्वासको मत लिदैछन् । राप्रपाले समर्थन फिर्ता लिएपछि आज बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट पुनः विश्वास मत लिन लागेका हुन् ।

पहिलो पटक एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए । बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने नदिने भन्ने विषयमा एमालेले निर्णय लिईसकेको छैन् । हाल कर्णाली सरकारमा एमालेबाट ३ जना मन्त्री सहभागी भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्