उपनिर्वाचनका लागि सक्रिय हुँदै निर्वाचन आयोग र दलहरू

होस्ट खबर १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : उपनिर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगसँगै राजनीतिक दलको सक्रियता क्रमशः बढ्दै गएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यतालिकाको व्यवस्थापकीय र प्राविधिक तयारीका लागि आयोगको सक्रियता बढेसँगै दलहरू चुनावको लागि सुस्तरी होेमिन थालेका छन् ।

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यस्तै तनहुँ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती दुई स्थानमा पनि उपनिर्वाचन हुन लागिएको हो ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा ९७० बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ ।

आयोगले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन लागेको हो । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array