मन्त्रालयको संख्यामा मोटामोटी सहमति

होस्ट खबर १३ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : ढिलाइ हुँदै गइरहेको मन्त्रिपरिषद् विस्तारको छलफलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का सचिव देवेन्द्र पौडेलले दिएको जानकारीअनुसार गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् ।

उनले भने– ‘प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरेर मन्त्रीमण्डल विस्तारको प्रस्तावहरू समक्ष राख्नुभएको छ । सायद सोमबारसम्म सरकार विस्तारको नतिजा निस्कने छ ।’

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टी (जसपा) का साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । गृहमन्त्री नपाएको भन्दै सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा जाने योजनामा रहेको छ । सरकारमा जाँदा उसले बढीमा ३ मन्त्रालय पाउनेछ ।

वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, कांग्रेस, जसपा, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राजमो रहेका छन् । यी दलहरूमध्ये राजमोले सरकारमा नजाने बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array