ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु

होस्ट खबर १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ ।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार पहिलो दिन बिहान ४स्१० बजेदेखि बेलुका ६स्२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु,जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न हिजो साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्