काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरु’पयोगमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरु’पयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गरेको रेग्मीले बताए । लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्