नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

होस्ट खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

निर्वाचन आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेपछि आजलाई शपथ ग्रहणको कार्यक्रम राखिएको हो । आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए।

उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्