कपिलवस्तुमा नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

होस्ट खबर ६ चैत्र २०७९, सोमबार
0 Min Read
Aa

कपिलवस्तु : कपिलवस्तुमा नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिक प’क्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही स्थानका ४२ वर्षीय बिनोद यादव रहेका छन् ।

प्रहरी चौकी मर्यादपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले १ हजार दरका १३ वटा नक्कली नोटसहित​ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्