१४ वर्षपछि आज स्ववियु निर्वाचन हुँदै, बिहान ८ बजेदेखि मतदान

होस्ट खबर ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

स्ववियु निर्वाचन अन्तर्गत आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्