कलाकार उत्पादन गर्न स्कुल–स्कुलमा बागीना

होस्ट खबर ३ चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

सुर्खेत : कोरोनापछि पुरानै लयमा फर्केको बागीनाले कर्णालीको कला संस्कृतिलाई फेरी तरंङ्गित बनाइदिएको छ । कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनमा ३ दशकदेखि अनवरत जुटेको बागीना वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा यतिखेर कलाकार उत्पादनका लागि यहाँका आधारभूत विद्यालयहरुमा जुटेको हो ।

बागीना समूह सुर्खेत र वीरेन्द्रनगर नगर शिक्षा युवा तथा खेलकुद शाखाको संयूक्त आयोजनामा नृत्य, गीत र संगित प्रशिक्षण आयोजना भई सुर्खेतका १६ वटा नमूना विद्यालयहरुमा विद्यार्थीहरुकै सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा यसलाई परिक्षणको रुपमा लिएको भएपनि निकै प्रभावकारी भएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

आगामी दिनमा शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन विद्यार्थीलाई साँस्कृतिक गतिविधीमा संलग्न गराउने गरी उनीहरुकै सक्रियता र सहभागितामा कक्षागत गीत, राष्ट्रिय गान र गीत संगीत तथा नृत्य गराउने गरी प्रभावकारी कार्यक्रम लागु गरिने उनको भनाई थियो ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्र शर्मा लम्सालले यस किसिमको कार्यक्रमले विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापसंगै श्रृजनशिलता बढाएको बताए । ‘मैले जापान भ्रमणमा देखेको त्याँहाको शिक्षण सिकाई र सांस्कृतिक कार्यक्रमको उपलव्धिलाई हाम्रो नगरका विद्यालयहरुमा पनि गर्न सकिन्छ भनेर शुरु गरेको हो’, वीरेन्द्रनगर–१६ मेहेली स्थित आदर्श माध्यामिक विद्यालयमा आयोजित समापन कार्यक्रममा उनले भने, ‘यो निकै प्रभावकारी भयो, बागीनालाई विशेष धन्यवाद छ ।’ समापन कार्यक्रममा बोल्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण विकासमा सांगितिक टेवा पुग्ने नगर शिक्षा प्रमुख शर्माले बताए ।

प्रशिक्षण कार्यक्रमका संयोजक एवं बरिष्ठ संगीतकार गंगा के.सी.ले यो कार्यक्रम निकै प्रभावकारी भएको र विद्यार्थी तथा शिक्षकवर्गमा यसले नयाँ उर्जा थपेको बताए । बरिष्ठ कलाकार एवं बागीना समूहका सल्लाहकार प्रमेदेव गिरीका अनुसार यस किसिमको कार्यक्रमले विद्यार्थीलाई थप उर्जा र हौसला दिएको बताउँदै शिक्षकहरुलाई पनि शिक्षण सिकाईमा प्रभावकारी हुने बताए ।

बरिष्ठ नृत्य निर्देशक एवं बागीनाका नृत्य विभागका निर्देशक कुलामान नेपालीले नमूनाका रुपमा छनौट भएका विद्यालयका भाइबहिनीहरुलाई गीत संगीत र नृत्यका कार्यक्रम अब आँपैm उत्पादन गर्न सक्ने बनाएकोमा गर्व महशुस गरेको बताए । बागीना समूहका कार्यवहाक अध्यक्ष गणेश बस्नेतले यो कार्यक्रम स्वयं बागीनाका लागि पनि कलाकार उत्पादन गर्ने मेसो रहेको बताए । नमूनका रुपमा छनौट भएका विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाहरुले पनि यस किसिमको कार्यक्रम विद्यालयका लागि शिक्षण सिकाई र श्रृजनशिलताका लागि निकै महत्वपूर्ण रहेको र आगामी दिनमा पनि अन्य विद्यालय सहित यो कार्यक्रम थप प्रभावकारि रुपमा लागुपर्ने बताए ।

गीत संगीत विभागका निर्देशक यज्ञ गिरी, सह–निर्देशक खम्बराज गिरी, बरिष्ठ कलाकार सुन्दरमान श्रेष्ठ, बरिष्ठ बाँसुरी बाधक ज्ञानबहादुर नेपाली, बरिष्ठ कलाकार देवराज गिरी, मिलन सुवेदी, गायिका मनु मन्दिर नृत्य निर्देशक खिमराज बस्याल, कलाकार एवं सञ्चारकर्मी शेरबहादुर आचार्य गाइने, गायिका सुरजा रावल लगायतको प्रशिक्षणमा वीरेन्द्रनगरका १६ वटै वडाका १/१ वटा आधारभूत विद्यालयहरु छनौट गरी त्याँहाका शिक्षक तथा विद्यार्थीहरुलाई बाल गीत, संगीत, गायन, अभिनय र नृत्य आँपैm उत्पादन गर्न सक्ने गरी प्रशिक्षण दिइएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्