देउवाको रोजाई को बन्ला, कांग्रेसबाट अर्थमन्त्री ?

होस्ट खबर १ चैत्र २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं : मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप सुरु भएको छ । राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ ।

३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारीमा छ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार संहिता नै लागू हुने कारण सरकार विस्तार गर्न मिल्दैन ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने तयारी छ । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत लिनुअघि सिम्बोलिकल्ली केहीलाई सरकारमा सहभागी पनि गराउन सकिन्छ ।’

अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु भएको छैन । तर अर्थ मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् ।

अर्थमा जान कांग्रेसभित्र नेताहरुको दौडधुप चर्को छ । महामन्त्री गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ ।

आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो । न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ ।’ कांग्रेस नेताहरुका अनुसार अब अर्थमन्त्रीको दौडमा प्रवक्ता डा। प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणा छन् ।

पार्टी सभापति देउवाका विश्वास पात्र मानिएका डा। महत पनि अर्थमा आफ्नो दाबी स्वभाविक भएको बताउँछन् । ‘मैले अध्ययन गरेको विषयको आधारमा अर्थ मन्त्रालय चाहना राख्नु स्वभाविक हो’, उनले भने, ‘अहिले आर्थिक संकटको अवस्था छ ।

मन्त्रालयको जिम्मेवारी लिएर मात्रै हुने अवस्था छैन । आर्थिक सं’कटको चुनौती सामना गर्न म सक्षम छु ।’पूर्व अर्थमन्त्री कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आएका छन् ।

पूर्व अर्थराज्यमन्त्री राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन् । ‘पूर्वअर्थराज्यमन्त्री भएकाले स्वभाविक रुपमा अर्थमन्त्रीमा दाबी रहन्छ, सभापतिसँग आफना कुरा राख्छु’, उनले भने, ‘तर मलाई दिनैपर्छ भनेर जिद्दी गर्दिन किनकी ८ दललाई मिलाएर लैजानुपर्नेछ ।’

कांग्रेस वृत्तमा नेता डा। शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन् । डा। शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेको थिए । तर उनी निकट नेताहरु भने सरकारमा जाने वा नजाने, गए कुन मन्त्रालय लिने भन्ने कुनै छलफल नभएको बताउँछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्