उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

होस्ट खबर २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ ।

यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ । उहाँ ०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सत्तारुढ गठबन्धनका दलबीचमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ । सहमति अनुसार जसपाले उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उठाएको नेकपा एमालेले उपराष्ट्रपति पदमा उठाउने या नउठाउने निर्णय गरिसकेको छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्