यस कारण​ राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

होस्ट खबर २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आज हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । आज राष्ट्रपतिका लागि मतदान हुँदैछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्