मिथिला क्षेत्रमा होली भोलि मनाइने

होस्ट खबर २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : तराईका धेरैजसो ठाउँमा आज होली मनाउन थालिए पनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ । १५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।

यस्तै, कतिपयले मङ्गलवार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मङ्गलवार माछामासुको परिकार पकाउन र खान नहुने भन्दै कतिपयले भोलि होली मनाउँदै छन् ।

मिथिला क्षेत्र बाहेकका ठाउँमा भने आज धुमधामका साथ होली मनाइँदै छ । हिजो हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्