‘अब कांग्रेसभित्रै माओवादी छ’: प्रधानमन्त्री दाहाल

होस्ट खबर १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्ष परसम्म जाने बताउनुभएको छ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने बताउनुभयो ।

उनले भने, ‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ ।’  ‘मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि सुरू गर्छु’,उनले भने । प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन् ।

उनले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको समेत बताए । अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओ‌वादी र माओवादीभित्र कांग्रेस रहेको बताएका हुन् ।‘हामी सबैको एकअर्काको भोट हो । जनता पनि अहिलेको गठबन्धन देखेर खुसी छन् होला, ठीकै ठाउँमा भोट हालेछौं भनेर,’ उनले भने ।

यसैगरी प्रधानमन्त्री दाहालले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक विचार प्रमुख भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले प्रधानमन्त्रीभन्दा आफ्नो राजनीतिक विचार, संविधान र लोकतन्त्र प्रमुख हो भनेर प्रस्ट रुपमा बताउने गरेको समेत उल्लेख गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्