राष्ट्रपति निर्वाचन: आज उम्मेदवारी फिर्ता लिन पाउने

होस्ट खबर १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका दिएका व्यक्तिले आज आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने भएको हो ।

निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपतिका लागि आउँदो २५ गते चुनाव हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । २५ गते मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । त्यही दिन बेलुकी ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । राष्ट्रपति चुनावका लागि सङ्घीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको मतभार फरक हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्