इटालीमा डुंगा दुर्घटना हुँदा ५९ जनाको मृत्यु, ३० वेपत्ता

होस्ट खबर १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : इटालीको दक्षिणी तटमा अवैध आप्रवासी सवार डुंगा दुर्घटना हुँदा करिब ५९ जना मानिसको मृत्यु भएको छ । खराब मौसम र आँधीको समयमा डुंगा भाँचिएर दुई टुक्रा हुँदा १२ बालबालिकासहित ५९ आप्रवासीको मृत्यु भएको इटाली सरकारले जनाएको हो ।

क्यालाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै अवतरण गर्ने क्रममा डुंगा भाँचिएको थियो । घटनास्थलमा पुगेका इटालीका आन्तरिक मन्त्रीले करिब ३० जना अझै वेपत्ता रहेको बताएका छन् ।

कोस्टगार्डले ८० जनालाई जीवितै फेला पारेको बताएका छन् । डुंगा फुट्दा डुंगामा कति व्यक्ति थिए भन्ने अझै यकिन भएको छैन । उद्धारकर्मीहरूले डुंगामा करिब २ सय यात्रु रहेको हुन सक्ने बताएका छन् ।

केही दिनअघि टर्कीबाट छुटेको उक्त डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु रहेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array