राष्ट्रपतिको उम्मेदवार बनेपछि रामचन्द्रले भने, ‘कांग्रेसले मलाई न्याय दियो’

होस्ट खबर १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपतिको उम्मेदवारमा आफूलाई सर्वसम्मत प्रस्ताव गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कांग्रेसले न्याय गरेको बताएका छन् ।

‘नेपालको संविधानको भावना र मर्मलाई अँगल्दै संघीय समावेसी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हौसियतको जिम्मेवारी लिँदैछु,’ कांग्रेस केन्द्रीय सम्पादन बैठकपछि पौडेलले भने ।

उनले प्रथम चरणमा नेपाली कांग्रेसबाट प्रेरणा पाएको बताए । ‘नेपालको संविधानले नेपाली जनतालाई अभूतपूर्व अधिकार सबै जनतालाई अहिले प्रदान गरेको छ । यसको रक्षा र संरक्षण अहिलेको आवश्यकता हो । यो अभिभारा मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।’

पार्टीले न्याय गरेको हो तपाईलाई रु भन्ने प्रश्नमा पौडेलको जवाफ थियो, ‘सबै पार्टीले ममाथि सद्भाव राखेका छन् सहानुभूति राखेको पाएँ ।’ कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो । पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन् । पौडेलले दिउँसो २ बजेपछि मनोनयन गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । यसका लागि गठबन्धनका नेताहरु पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने कार्यक्रम रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्