अन्तत: सरकारबाट बाहिरिने एमालेको तयारी

होस्ट खबर १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले आज ९शनिबार० बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले बताए। राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसलाई दिने सहमति भएको छ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन । वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन ।

‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने । उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रीमण्डल गठन हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array