अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खोल्ने सरकारको निर्णय

होस्ट खबर १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : सरकारले शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैकले यस्तो निर्णय गरिएको हो। बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आ’लोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महतवपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो ।

धेरै सार्वजनिक बिदा भएको भन्दै आलोचना हुन थालेपछि सरकारले शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो। यससँगै शनिवारबाहेकका बिदाका दिन पनि अब जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालयलगायत महत्त्वपूर्ण सरकारी कार्यालयहरु खुला हुने भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्