माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तीन दलको निर्णय

होस्ट खबर १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

आज बेलुकी सिंहदरबारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक उच्च नेताले बताए। नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएको ती नेताको भनाइ छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्को सत्तारूढ दल एमाले पनि सकारात्मक छ । त्यस्तै कांग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा सहमति गर्नेगरी आन्तरिक बैठक तथा छलफल गरिरहेको छ। एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालको दावेदारी बलियो बन्नेछ ।

साथै अहिलेको सत्तारूढ गठवन्धन जोगिन सक्छ । यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्