कालीकोटमा ट्रक दुर्घटनामा एकको मृत्यु

होस्ट खबर ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

जुम्ला : कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-५ को धनडामा बुधबार राति मुगुदेखि सुर्खेततिर जाँदै गरेको कर्णाली प्रदेश ०२ ०००१ ख ०३५६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ट्रक चालक छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । सहचालक दिनेश शाही गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका चालक चौलागाईंको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार सहचालक दिनेश शाहीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

ट्रक कर्णाली राजमार्गदेखि करिब ५ सय मिटर तल खसेको थियो । ट्रकमा ग्यास सिलिन्डरको सामान मात्रै रहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्