कर्णाली प्रदेश प्रहरी गणमा प्रहरी जवानद्वारा आत्महत्या

होस्ट खबर ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आफ्नै कन्चटमा गोली हानेर आत्माहत्या गरेका छन् ।

बिहिवार बिहान २ः५६ को समयमा कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका अन्दाजी २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सुनारले जानकारी दिईन् ।

दार्चुलाको अपी नगरपालिका ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका बिक बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।

यस्तै, उनका अनुसार घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको र अहिले शवको पोस्टमाटमका लागि अस्पताल लगिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्