लोत्से मलमा मोबाइल चोर्ने रुपन्देहीका एक युवक भैरहवाबाट पक्राउ

होस्ट खबर ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

भैरहवा : रुपन्देही प्रहरीले काठमाडौंको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लु’टेको आ’रोपमा एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चो’रीका तीन थान मोबाइल पनि ब’रामद भएको अर्यालले बताए।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।

सोही घट’नामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए। कार्कीलाई पक्राउ गरी मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए। रासस

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्