राष्ट्रपतिको दौडमा फेरि रामचन्द्र पौडेल, उपराष्ट्रतिमा उपेन्द्रको तयारी

होस्ट खबर ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ । शुक्रबार उनीहरुबीच जसपाको केन्द्रीय कार्यालयमा भेट भएको बताइएको छ । स्रोतका अनुसार उनीहरुबीच करिब आधाघण्टा छलफल भएको छ ।

छलफलमा उनीहमरुबीच राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी भएको बुझिएको छ । भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न उपेन्द्रसामू प्रस्ताव राखेको जनाइएको छ । उता, यादवले पनि उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।

यदी उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्ने अवस्थामा पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने सन्देश उपेन्द्रले दिएको बुझिएको छ । राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । माओवादी राष्ट्रिय सहमतिको प्रयासमा छ भने एमाले पूर्वसहमति अनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडानमा छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्