सावधान ! सिलिन्डरलाई बम बन्न नदिऔं

होस्ट खबर ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो ।

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा यसले कुनै पनि बेला बमको रूप लिन सक्ने भएकाले यसमा आमउपभोक्ताले विशेष सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । तर, धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन ।

उपभोक्ताले ग्यास विक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर भान्छामा प्रयोग गरी खतरा निम्ताइरहेका छन् । तर, सिलिन्डरको म्याद परीक्षणतर्फ कसैको पनि ध्यान जाँदैन । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्