काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रवार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको उनले जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।
शुक्रबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासि लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भीर घाइते भएका थिए ।
सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याईएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भनाई हिजै कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्