२ लाख १५ हजारको मतदाता नामावली ‘कट’, नयाँ दर्ता खुला

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली सूचीबाट २ लाख १५ हजार ४ सय ३४ मतदाताको नाम हटाएको छ । आयोगले मतदाता नामावली शुद्धीकरणअन्तर्गत २ लाख १५ हजार ४ सय ३४ जनाको नाम मतदाता नामावली सूचीबाट हटाएको हो ।

त्यस्तै, आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि स्थगित नयाँ नामावली दर्ता र अद्यावधिक कार्यसमेत सुचारु गरेको छ । आयोगले गत २ माघबाटै नामावली दर्ता र नामावली अद्यावधिक गर्न सुरु गरेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा दोहोरो नामावली रहेका र मृत्यु भइसकेका

मतदाताको नामावली मतदाता नामावलीबाट हटाएको जानकारी दिए ।‘विगतका दिनमा कतिपयको नाम नामावली सूचीमा दोहोरिएको गुनासो आयो, कतिले स्वर्गबाट पनि मत हाले भन्ने गुनासो गरे, त्यसपछि आयोगले मतदाता नामावली शुद्धीकरण गर्न नाम दोहोरिएका र मृ’त्यु भइसकेकाको नाम सूचीबाट हटाउने प्रक्रिया थालेको हो,’ आयोग प्रवक्ता पौडेलले भने ।

आयोगले स्थानीय तहसँगको समन्वय तथा राजनीतिक दलका प्रतिनिधिसहितको सहयोगमा मतदाता नामावलीमा दोहोरो नाम भएका र मृत्यु भइसकेकाको नाम मतदाता सूचीबाट हटाइएको जनाएको छ ।राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्