फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् । विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन् । आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ ।

त्यस्तै फागुन ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागु पूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचीकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन् ।

यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ । फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ । प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृति लगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन् ।

राजपत्रमा प्रकाशित सरकारी बिदा अनुसार यस वर्ष राष्ट्रिय स्तरका १३६ वटा सार्वजनिक बिदा परेका छन् । तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्