नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती

होस्ट खबर ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : राजधानीको नयाँबसपार्क क्षेत्रमा सोमबार भएको प्रदर्शनले नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती दिएको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको जस्तै आन्दोलन राजधानीका अन्य दश ठाउँमा भएको भए सुरक्षा अवस्था कस्तो हुने थियो यो आँकलन गर्न सक्ने अवस्था नरहेको विज्ञहरूले टिप्पणी गरेका छन् ।

ट्राफिक प्रहरीले ज्यादती गरेको निहुँमा यातायात मजदुरहरूले शुरू गरेको आन्दोलनमा भएको घुसपैठले उग्ररूप लिएपछि नयाँ बसपार्कस्थित लोत्से मलमा भएको लुटपाट मच्चिएको थियो । उक्त लुटपाटको घटनापछि प्रहरीको दक्षतामाथि प्रश्न उठेको छ ।

उपत्यकामा ट्राफिक प्रहरीले लागू गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । यातायात मजदुरका अगुवाहरू १० बुँदे माग र आन्दोलनको ‘स्वरूप’ आफ्ना मजदुरलाई जानकारी गराउने क्रममा उक्त घटना भएको थियो ।

राजधानीमा भएको उक्त घटनाले नेपाली समाज कता जाँदै छ यसको विश्लेषण हुनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताए । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्