राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान बलियो बन्दै

होस्ट खबर १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् ।

सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व गरिरहेको माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा प्रतिपक्ष दल कांग्रेस र नेकपा एसले बल थपेका हुन् ।

प्रतिपक्षी दलको समेत विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको अडानलाई गठबन्धन दलका शीर्ष नेताहरुसँग भएको बैठकमा पुनः दोहोर्याका हुन् ।

दाहालले आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने अडान कायमै राख्खेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तर यस विषयमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै सरकार गठनका दिन गरेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जिकिर छाडेको छैन ।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए । आइतबार नै पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा विश्वासको मत दिएका दलहरुको भावना समेटेर लैजानुपर्ने आफ्नो दायित्व भएको बताएको थियो । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्