टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

होस्ट खबर १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : टर्कीमा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ।

भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेको छ । मृतकको संख्या पनि बढिरहेको छ ।

टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।

कठ्याङ्ग्रिने चिसोका कारण खोजी, उद्धार र पुनस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरुले राहत पाउन सकेका छैनन् ।

उनीहरुलाई ओत लाग्ने त्रिपालको समेत अभाव रहेको छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्