सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि परिवार आन्दोलित

होस्ट खबर १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् ।

उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् । दुर्घटनामा मृत्य भएकी रावत हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा बस्दै आएकी थिइन् । उनको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्