फागुन १ गते सार्वजनिक विदा

होस्ट खबर २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : जनयुद्ध दिवसको अवसर पारेर बागमती प्रदेश सरकारले यही फागुन १ गते सोमबार सार्वजनिक विदा दिने भएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ– ‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को माघ २४ गतेको बैठकले जनयुद्ध दिवसको अवसरमा २०७९ फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सूचनामा मन्त्रालयका उपसचिवरप्रवक्ता अनुशील सापकोटाको हस्ताक्षर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्