कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुन मन्त्री जिसी

होस्ट खबर २५ माघ २०७९, बुधबार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो । साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ । बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array